Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


त्रिशुली नदीमा ट्रक खस्यो, एक जनाको मृत्यु, चार घाइते


0
Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने चितवनको इच्छाकामना–५ स्थित २ नम्बर पुलबाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । 

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख १४४ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।