२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पौडेल, श्रेष्ठ र ठाकुरबीच भेटवार्ता


0
Shares

भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्नेबारेमा छलफल भएको छ ।

भेटपछि रासससँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफलकेन्द्रित भएको बताए ।

भेटका क्रममा संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिए ।

सभामुख ओनसरी घर्तीले सहमतिका लागि सोमबार सात प्रमुख दलको संयुक्त बैठक आह्वान गरेको संघारमा तीन नेताबीच भेटवार्ता भएको हो । रासस