Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


राष्ट्रिय वनको १ सय ६ बिगाहा जमिन व्यक्तिको नाममा


0
Shares

रौतहटको रंगपुर गाविस–५ मा रहेको राष्ट्रिय वनको जमिनलाई वनविनास हुने गरी नापी कार्यालयले २०७२ साल जेठ ६ गते सर्लाही, ओखलढुंगा, काठमाडौं, रामेछाप लगायतका जिल्लाका मानिसको नाममा जग्गाधनी पूर्जा वितरण गरेको रहस्य खुलेको हो ।

गत वर्ष मात्रै जिल्ला वन कार्यालय रौतहटले सो क्षेत्रलाई १० लाख २० हजार रुपैयाँ खर्चेर काँडेतारले घेराबेरा गरी वृक्षरोपण गरेको थियो ।