काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक प्रावधान विपरित सेना परिचालनसम्बन्धी व्यवस्था विधेयकमा ल्याइएको भन्दै फिर्ता लिन माग गरेको छ ।
कांग्रेस संसदीय दलले आज जारी गरेको विज्ञप्तिमा संविधानको व्यवस्था विपरित राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनाको भूमिकालाई अबमूल्यन गर्दै राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहसका साथ ल्याइएको विधेयक यथाशीघ्र फिर्ता गर्न माग गरिएको हो ।
संसदीय दलका नेता बालकृष्ण खाँणको हस्ताक्षर रहेको विज्ञप्तिमा विधेयकमा नेपालको संविधान प्रतिकुल हुने गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजिएको भन्दै कांग्रेसले संवैधानिक व्यवस्था अनुकूल हुने गरी विधेयक ल्याउन समेत माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्