
संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा अमेरिकी विदेश मन्त्री केरीले इजरायल र प्यालेस्टाइनलाई हुनसक्ने ठूलो क्षतिबाट बचाउन यहुदी वस्ती भत्काउने निर्णयको समर्थन गरेको बताएका हुन् ।
उनले सुरक्षित इजरायल र व्यवहारिक प्यालेस्टाइन विना इजरायलले कहिल्यै शान्ति हासिल गर्न नसक्ने बताए । दुई राष्ट्रबीचको विवाद समाधान नभएसम्म कसैलाई फाइदा हुन नसक्ने उनको भनाइ थियो ।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले प्यालेष्टायन सीमामा अवैध यहदुी बस्ती भत्काउन संयुक्त राष्ट्रसंघले दिएको आदेश लज्जास्पद भएको बताएका थिए ।
इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुसेलम कब्जा गरेको थियो भने त्यसयता १४० वस्ती निर्माण गरी करिब पाँच लाख यहूदी बस्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्