सिके राउत समूूहको राष्ट्रिय परिषद्को भेलाले पार्टीको नाम फेरेको छ । भेलाले अब दलको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ ।
पार्टीका संयोजक सिके राउतले फेसबुकमार्फत विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट आएका १ सय ५० भन्दा बढी प्रतिनिधि सहभागितामा महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको बताइएको छ ।
सिरहाको लहानमा भएको भेलाले सरकारसँग गरिएको ११ बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको भन्दै सहमतिको स्वागत गरेको छ ।
केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य अब्दुल खानको नाबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
भेलाले पार्टीको लागि ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको चयनसमेत गरेको छ । निर्वाचन आयोगमा दल दर्ता भएसँगै केन्द्रीय कार्यकारिणी समितिलाई विस्तार गरिने उल्लेख छ ।
यस्तै सरकारसंग भएको सहमतिलाई कार्यान्वयनमा ल्याउँदै आफ्ना समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय समेत भेलाले गरेको छ ।
(विज्ञप्तिको पूर्ण अंश)









प्रतिक्रिया दिनुहोस्