
दुईदिने बैठकपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेताहरुले परिर्माजनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनै पनि तहको चुनाव हुन नदिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नगरी चुनावमा जाने तयारी भए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
मोर्चाले परिर्माजनसहित संविधान संशोधन प्रस्ताव पारित गर्न दबाब दिने उद्देश्यले पुस १८ गते जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्