
नेपाल राष्ट्रिय ईन्जिनियर संगठनको प्रथम राष्ट्रिय भेलाको शनिबार ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एमालेले भने झैं सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिने बताए ।
उनले आगामी संसद्को बैठकमा संशोधन प्रस्तावमाथि छलफल सुरु हुने जानकारी दिए ।
संशोधनमार्फत संविधानमा सबैको भावना समेटिने भन्दै प्रधानमन्त्री दाहालले सरकारले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने एमालेको अडान उपयुक्त नभएको दाबी गरे ।
एमाले बिखण्डनकारी भएकाले मधेस र मधेसीका माग सम्बोधन गर्न इन्कार गरेको उनको आरोप थियो । प्रधानमन्त्री दाहालले मुलुकलाई विखण्डन गर्न खोज्नेहरुलाई जनताले नै पाखा लगाउने चेतावनी दिए ।
कार्यक्रमका सहभागीहरुले राष्ट्र निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण भएको भन्दै इमान्दारिपूर्वक काममा लाग्न सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्