Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


‘संशोधन प्रस्तावलाई अराष्ट्रिय भन्ने एमाले नै अराष्ट्रिय’, सत्याग्रही सम्मानित


0
Shares

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शनिबार काठमाडौं क्षेत्र नम्बर–८ ले राजधानीमा गरेको कार्यक्रममा सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध भएको सत्याग्रह आन्दोलनमा सहभागी करिब एक सयजनालाई सम्मानित गरिएको हो ।

कार्यक्रममा सर्वोच्च नेता गणेशमान सिंहका पुत्र तथ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बीपी कोइरालाको मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको बताए ।

मेलमिलापको नीति लिएर कोइराला र गणेशमान सिंह भारतको पटनाबाट नेपाल आएको स्मरण गर्दै उनले अहिलेको राजनीतिमा मेलमिलापको खडेरी परेको बताए ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने भन्दै उनले संशोधन प्रस्तावलाई अराष्ट्रिय भन्ने प्रमुख प्रतिपक्षी एमाले नै अराष्ट्रिय भएको आरोप लगाए ।

मधेसी जनताका माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव पारित गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका सहभागीहरुले नेपाली कांग्रेसले बीपी कोइराला र गणेशमान सिंहको सिद्धान्त र आदर्शको राजनीति बिर्सेर सत्ताकेन्द्रित राजनीति गरेको आरोप लगाएका थिए ।