
बीपी विचार राष्ट्रिय समाजले शनिबार राजधानीमा गरेको कार्यक्रममा कांग्रेसका नेताहरुले पार्टी नेतृत्वले सही दिशामा हिँड्न नसक्दा महत्वपूर्ण उपलब्धि गुम्ने खतरासमेत रहेको बताए ।
कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टी नेतृत्वले मुलुकलाई सही बाटोमा हिँडाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले सत्ताको मोहले पार्टीभित्र विचलन आउन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
पार्टीलाई जोगाइराख्न र मुलुकलाई अगाडि बढाउन बीपीको विचार आत्मसाथ गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्