Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


‘विप्लव’ सिन्धुलीतिर, ‘प्रकाण्ड’ दाङमा


0
Shares

काठमाडौं, चैत ४ । ‘विप्लव’ माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँचभित्र नै रहेको दाबी गरेको छ ।

हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ ।

केही दिनदेखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेकोसमेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

उनीहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएकोसमेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई विप्लवको गतिविधिकाबारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

सो पार्टीका प्रवक्तासमेत रहेका विश्वकर्मा अहिले दाङ रहेकाले उनको गतिविधिलाईसमेत निगरानी गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।

सो पार्टीको पोलिटब्यूरो बैठक बोलाइएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठकसमेत बस्न नसकेको निष्कर्ष सुरक्षा निकायले गरेको छ ।

एक सुरक्षा अधिकारीले भने–‘अन्य नेताकाबारेमा पनि हामी अपडेटमा नै छौं ।’

‘उनीहरुले हिंसात्मक हर्कत गरे भने हामीलेपनि छुट्टै रणनीति बनाएका छौं’ भन्दै ती सुरक्षा अधिकारीले कस्तो रणनीति बनाएको भन्नेबारेमा खुलाउन चाहेनन् । –नेपाल समाचारपत्र दैनिकबाट