२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चुनावका लागि तयार रहन निर्देशन


0
Shares

                                                                                              फाइल फोटो
कांग्रेसका कार्यकर्तालाई तनहुँको भीमादमा आइतबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार संविधान संशोधन प्रक्रिया टुंग्याएर निर्वाचन गर्ने तयारीमा जुटेको आफूले पाएको पौडेलले बताए ।

‘सरकार जेठसम्ममा स्थानीय चुनाव गर्ने र मंसिरसम्ममा प्रदेश र संसदको चुनाव गर्ने तयारीमा छ । त्यसैले तपाइँहरू निर्वाचनका लागि तयारी हुनुहोस्’–पौडेलले भने ।

संसदमा अवरोध गर्नाको सट्टा नेकपा एमालेले संसद खुलाउन पहल गर्नुपर्ने बताउँदै पौडेलले ‘संविधान जारी गर्दा एक भएका दलहरु संशोधन प्रक्रियामा पनि एक भएर अगाडि बढनुपर्छ’–भने । रासस