Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


दाहालको अमेरिका भ्रमणः ट्रम्प प्रशासनले फेरेकै हो त नीति ?


0
Shares

काठमाडौं, चैत ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिकातर्फ लागेका छन् ।

पत्नी सीता लामो समयदेखि विभिन्न रोगबाट ग्रसित छिन् । मूलतः छोरा प्रकाशको असामयिक निधन भएयता उनी विक्षिप्तझैं बनेकी हुन् ।

यसक्रममा उनको देशभित्र र बाहिरका सुविधासम्पन्न अस्पतालमा उपचार भइसकेको छ । तरपनि आशातित सुधार नभएपछि दाहालले पत्नीलाई उपचारका लागि अमेरिका लगेका हुन् ।