
फाइल फोटो
रफत सन्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सार्वभौम सरकारले भित्री वा बाहिरीपक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताए ।
मधेसी मोर्चाबिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्ने र बाँकी रहेका स्थानमा पछि निर्वाचन गर्न सकिने बताए ।
उनले संसदमा संशोधन विधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसदबाटै निर्वाचनसम्बन्धी विधेयक पास गरी तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताए ।
निर्वाचनअघि नै सत्ता समीकरण बदल्नसक्ने अवस्था हिजो पनि रहेको र आज पनि रहेको भन्दै नेता बिजुक्छेले माओवादीकै कारण एमाले र कांग्रेसको समीकरणमा नयाँ सरकार बन्ने टिप्पणी गरे ।
उनले अंगीकृत नागरिकलाई जसरी जन्मसिद्ध नागरिकसरह अधिकार दिने चलखेल हुँदैछ, दक्षिणतर्फका लागिमात्र नभएर उत्तरतर्फकालेसमेत यो अधिकार मागे नेपालीभन्दा विदेशी जनसंख्या बढी हुने र नेपाली अल्पमतमा पर्ने दाबी गरे । रासस
प्रतिक्रिया दिनुहोस्