२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सोमबार सेयर बजारमा दोहोरो अंकको बृद्धि


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर १४ सय ८२ पुग्यो । होटलबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे ।

बीमा समूहमा सबैभन्दा उच्च २८ अंकको बृद्धि आयो । वाणिज्य बैंक समूह पनि २३ अंकले बढ्यो । विकास बैंक समूह पनि १३ अंकले उकालो लाग्यो भने अरु समूह सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३० कम्पनीको १० लाख १८ हजार बराबर कित्ता सेयर ५१ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।