
प्रेस चौतारी नेपालले बुधबार राजधानीमा गरेको अन्तरसंवादमा उनले मुलुकलाई निकास दिने विषयमा सत्तापक्ष गम्भीर नभएको आरोप लगाए ।
संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको उनको भनाइ थियो ।
सर्वोच्च अदालतको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचाएको भन्दै नेता नेपालले अब सहमतिमै अघि बढ्नुपर्नेमा जोड दिए ।
पुस २२ गते एमालेले गर्ने जनप्रदर्शनले सरकारमाथि दबाब सिर्जना गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्