
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दल र मधेसी मोर्चालाई सहमतिमा ल्याउन संशोधन प्रस्तावमा आवश्यक परिवर्तन गर्न सकिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेता अग्नि सापकोटाले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय भएको बताए । उनले आगामी आइतबार बस्ने संसद्को बैठक सुचारु हुने विश्वास व्यक्त गरे ।
बैठकमा संसद्को बैठक, संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव, निर्वाचनसम्बन्धी कानुनलगायतका विषयमा छलफल भएको थियो ।
त्यसैगरी माओवादी केन्द्रको संगठनात्मक कार्यविधि र आन्तरिक निर्वाचन कार्यविधिबारे पनि छलफल भएको नेता सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्