Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


मोर्चाबाट छुट्टै संशोधन दर्ता हुनेछ : ठाकुर


0
Shares

                                                                                             फाइल फोटो
बिजुलीबजारस्थित तमलोपा कार्यालयमा विहीबार रिपोर्टर्स् क्लबको ज्ञापनपत्र बुझ्दै मोर्चाको प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष ठाकुरले संविधानको धारा २७४ ले संविधान संशोधनलाई नरोक्ने दाबी पनि गरे ।

‘संक्रमणकालीन अवस्थामा संविधानको धारा २७४ ले संशोधनलाई छेक्दैन, यो अहिले निस्क्रिय छ, प्रदेशसभा गठन भइसकेपछिमात्र सक्रिय हुने भएकाले यसको अहिले औचित्व छैन’–उनले भने ।

सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति आफूहरुको सरोकार नरहेको बताउँदै अध्यक्ष ठाकुरले भने–‘हाम्रा माग पूरा नभएसम्म विरोध जारी रहन्छ ।’

क्लबका अध्यक्ष ऋषि धमलाले संविधान संशोधन प्रस्तावमा दलीय सहमति जुटाउन दबाबस्वरुप ज्ञापन बुझाएको जानकारी दिए । रासस