१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मन्त्रीले दिए धार्मिक पर्यटनमा जोड


0
Shares

‘नेपालको समृद्धि पर्यटनको विकास नै हो’ भन्दै उनले धार्मिक पर्यटनको अथाह सम्भावना रहेको उनको भनाइ छ ।

आगामी फागुन १८ गतेदेखि नेपालमै पहिलोपटक धरानमा हुन गैरहेको पिन्डेश्वर अष्टादश महापुराण (अठारै पुराण)काबारे जानकारी दिन विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त जोड दिएका हुन् ।

हाम्रो प्रकृतिसँग पर्यटनलाई र पर्यटनलाई महत्वपूर्ण शक्तिपीठहरुसँग जोड्न सकिने उनको भनाइ हो ।

तत्काल चारओटा विमानस्थल सुधार गरी धार्मिक पर्यटकीय गन्तव्यको सुधार र नयाँ पहिचान गरी विकास गर्नु आवश्यक रहेको पर्यटन राज्यमन्त्री बानियाँको निचोड छ ।