२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘हिमालका देवता’को बासस्थान अलपत्र


0
Shares

कुईनेमंगले गाविस–४ पात्लेखर्कमा धौलागिरी हिमालको फेदैमा रहेको मन्दिर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माणको अभावमा अलपत्र परेको हो ।

रिखार क्षेत्रमा द्वापर युगमा सप्तऋषिले तपस्या गरेको र शिवजीलाई प्रशन्न बनाई यही स्थानबाट धर्मप्रचारको अभियान थालिएको मत्स्य पुराण, स्कन्दपुराण र शिवपुराणमा उल्लेख छ ।

रिखार क्षेत्र सदरमुकाम बेनीदेखि ५० किमीको दूरीमा रहेको छ । यो क्षेत्रको पूर्वाधार विकास गर्न सरोकारवाला निकायले बेवास्ता गरेको आरोप स्थानीयको छ ।