
गणेश हिमाल पर्यटन विकास समितिको पाँचौ साधारणसभामा उनले पर्यटन क्षेत्रलाई सरकारले आर्थिक मेरुदण्डका रुपमा लिएको भन्दै त्यही अनुरुप महत्व दिएर अगाडि बढ्ने बताए ।
पर्यटन क्षेत्रको विकासबिना नेपालको आर्थिक विकास सम्भव नरहेको उनको भनाइ थियो । उनले यसको विकासका लागि सरकारले दिगो रणनीति बनाउने जानकारी दिए ।
जलवायु परिवर्तनका कारण नेपालको प्राकृतिक तथा जैविक विविधतामा असर पुगेको भन्दै उनले हिमाल संरक्षणमा लाग्न व्यवसायीहरुसँग आग्रह गरे ।
कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । गणेश हिमाल पर्यटन समितिको अध्यक्षमा आगामी दुई बर्षका लागि पर्यटन व्यवसायी तेजबहादुर गुरुङलाई निर्वाचित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्