२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


पुटिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरे, ट्रम्पलाई सघाएः प्रतिवेदन


0
Shares

अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा प्रभाव पुर्‍याइएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा पुटिनले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई घाटा हुने र ट्रम्पले जित्ने गरी अभियान चलाउन निर्देशन दिएको दावी गरिएको छ ।

पुटिनको निर्देशनमा भएको अभियानअन्तर्गत डेमोक्रेटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

रुसी अभियानमै क्लिन्टनको चुनावी अभियान व्यवस्थापन प्रमुख जोन पोडेस्टासहित क्लिन्टनका नजिकका सहयोगीको पनि इमेल ह्याक गरिएको थियो ।

रुसले लामो प्रयासपछि अमेरिकी स्वतन्त्र प्रजातान्त्रिक व्यवस्थालाई कमाजोर पार्न प्रयास गरेको गुप्तचर विभागको दावी छ ।

अमेरिकी गुप्तचर विभागले पहिलो पटक राष्ट्रपति चुनावमा रुसले गरेको ह्याकिङ तथा त्यसको उद्देश्यसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

अमेरिकी नागरिकबाट प्रजातान्त्रिक प्रक्रियामाथिको विश्वास उठाउनु, हिलारी क्लिन्टनलाई बदनाम गर्नु र उनको चुनावी अभियानलाई प्रभाव पारी राष्ट्रपतिमा निर्वाचित हुन नदिनु रुसी उद्देश्य रहेको र रुसी सरकारले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई सहयोग गर्न चाहेको पनि प्रष्ट भएको प्रतिवेदनले किटानी गरेको छ । (एजेन्सी)