
योजनास्थलका लागि जमिन खाली गराउन लागिएको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा बौद्ध भिक्षुसमेत घाइते भएको जनाइएको छ ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे स्थानीय एक कार्यक्रममा सरिक भैरहँंदा झडप भएको हो । तटीय सहर हम्बनटोटानजिक प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले उक्त क्षेत्रलाई चिनियाँ कोलोनी बनाउन लागिएको भन्दै विरोध गरेका छन् । तर, सरकारले भने स्थानीयलाई नयाँ ठाउँमा जमिन दिने बताएको छ ।
चीनको ८० प्रतिशत लगानी रहने उक्त योजनाका लागि श्रीलंकाली सरकारले ९९ वर्षका लागि जमिन भाडामा दिएको छ ।
सन् २००९ मा गृहयुद्धको अन्त्यसँगै श्रीलंकाको भौतिक संरचना निर्माणमा चीनले लाखौं डलर लगानी गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्