२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


थाइल्यान्डमा भीषण वर्षापछि बाढी, कम्तीमा १२ जनाको मृत्यु


0
Shares

बाढीका कारण धेरै गाउँहरु डुबानमा परेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

केही गाउँमा घरको छानोसम्म पानीको सतह पुगेको थाइ आन्तरिक मन्त्रालयले जनाएको छ । बाढीका कारण सयौं विद्यालय भवन भत्किएका छन् । हवाई र यातायात सेवासमेत प्रभावित भएको छ । उद्धारको प्रयास जारी राखिएको छ ।

बेमौसमी वर्षा कम्तीमा अझै दुई दिन आउने मौसमविद्हरुले जनाएका छन् । बाढीका कारण अवस्था निकै खराब रहेको र लगातार भारी वर्षा भइरहेको मौसमविद्हरुले उल्लेख गरेका छन् ।

सन् २०११ मा दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ६ सयभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)