२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


रुससँगको सम्बन्ध विस्तारमा गिद्धे दृष्टि लगाउनेहरु ‘मूर्ख’ हुन्: डोनाल्ड ट्रम्प


0
Shares

उनले रुससँगको सम्बन्ध प्रगाढ बनाउने उद्घोष पनि गरेका छन् । विश्वभरको समस्या समाधानका लागि आफूले रुससँग समन्वय गर्नेमा कुनै द्विविधा नभएको ट्रम्पको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिको चुनावका बेला ट्रम्पले सघाएको पुष्टी भएपछी ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउने गरी सहयोग गर्न निर्देशन दिएको खुलासा भएको थियो ।

अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपति चुनावमा पुटिनको निर्देशनमा प्रभाव पु¥याइएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा पुटिनले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई घाटा हुने र ट्रम्पले जित्ने गरी अभियान चलाउन निर्देशन दिएको दावी गरिएको छ ।

पुटिनको निर्देशनमा भएको अभियानअन्तर्गत डेमोक्रेटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)