
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं होली स्माईलले आज काठमाडौंमा निःशुल्क दन्त परीक्षण गरी औषधि वितरण गरेको छ ।
पर्फेक्ट स्माईल ओरल एन्ड डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा दुई सयभन्दा बढीको दन्त परीक्षण गरी औषधि वितरण गरिएको हो ।
पछिल्लो समयमा दाँतको समस्याबाट पीडित हुनेको संख्या बढ्दै गएको भन्दै संस्थाले सर्वसाधारणका लागि निःशुल्क दन्त परीक्षण गरेको संस्थाका अध्यक्ष दीपक मानन्धरले जानकारी दिए ।
दाँतमा हुने दुर्गन्ध हटाउने उपाय, नमिलेका दाँत मिलाउने, दाँत सफा गर्ने तरीका र दाँतमा लाग्ने रोगका साथै बच्ने उपायका बारेमा परामर्श दिइएको थियो ।
त्यसैगरी शिविरमा मिर्गौलाको निःशुल्क परीक्षण गरी परामर्शसमेत दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्