२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अग्निपीडितलाई थपियो अर्को प्राकृतिक विपत्ति, आफन्तको घरमा शरण लिन बाध्य


0
Shares

आगलागीमा छानो, मानो र न्यानो कपडासमेत गुमाएका अग्नीपीडित जिल्लाको जनजीवन नै कष्टकर बनाउने गरी बढेको चिसोले झन् बढी समस्यामा पारेका हुन् । चिसोका कारण पीडित टहरामा बस्न नसक्दा आफन्त र छिमेकीका घरमा शरण लिन बाध्य भएका छन् ।

आगलागीपछि पुनर्वासका लागि बनाइएका जस्तापाताका टहराले चिसो ठिही र सिरेटो छेक्न नसक्दा त्यत्तिकै रहेको छ । निजी क्षेत्रका विभिन्न संघसंस्थाले लत्ताकपडा, सिरक डसना राहतमा दिएपनि सरकारीस्तरबाट कुनै सहयोग नभएको गुनासो पीडितको छ ।

हिमपातसँगै बढेको चिसोले बालबालिका र बृद्धबृद्धा बढी समस्यामा परेका छन् ।