
समाचार एजेन्सीहरुका अनुसार अलबामादेखि न्यूयोर्क सिटीसम्म हिमपातले प्रभावित भएका छन् । उत्तर कारोलिनाका बुर्लिङ्टन, ग्रिन्स्बोरो, रोक्सबोरो लगायतका क्षेत्रमा आठ इन्च अग्लो हिउँको सतहले जमिन ढाकिएको छ ।
ती क्षेत्रमा विमानस्थलसमेत बन्द गरिएका छन् । स्थानीय प्रशासनले सवारी साधन नचलाउन आग्रह गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्