Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


महाधिवेशन प्रक्रिया सुरु नगरे युवाहरुले विशेष महाधिवेशनको माग गर्न सक्छन : सुजाता कोइराला


13
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले अब पार्टीको महाधिवेशन प्रक्रिया सुरु नगरे युवाहरुले विशेष महाधिवेशनको माग गर्ने संकेत गरेकी छिन् ।

सामाजिक संजालमार्फत आफ्नो अभिब्यक्ति दिंदै नेत्री कोइरालाले लेखेकी छिन– ‘अव नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले महाधिवेशनको प्रकृया सुरु गर्न ढिला गर्नु हुँदैन । यदी तुरुन्त त्यसो हुन् सकेन भने पार्टीका युवा प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्ने तयारी गरेको सुचना मैले पाएको छु ।’

गिरिजा प्रसाद कोइराला फाउन्डेसन(जिपी फाउन्डेसन)को केन्द्रिय अध्यक्षसमेत रहेकी कोइरालाले नेपाली कांग्रेस समय सापेक्ष चल्न र समयमै महाधिवेशन गर्न नसक्दा संगठन शसक्त नबनेको साथै ब्यथिति मौलाउँदै गएको बताउँदै आएकी छन् ।