२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वीरगंज–काठमाडौं विद्युतीय रेलमार्ग अध्ययन गर्न १९ कम्पनी इच्छुक


0
Shares

रेल विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोवल टेन्डर) मा सहभागी भएर ती कम्पनीहरुले रेलमार्ग सम्भाव्यता अध्ययनको इच्छा देखाएका हुन् ।

चिनियाँ, भारतीय, कोरियाली र युरोपेली मुलुकका कम्पनीहरुले बोलपत्र दर्ता गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए ।

विभागमा दर्ता भएका बोलपत्र प्रस्ताव मंगलबार खोलिने र लगत्तै मूल्यांकन सुरु गरिने उनले जानकारी दिए ।

उपाध्यायका अनुसार बोलपत्र प्रस्ताव खोलिएको करिब १ महिनाभित्र मूल्यांकन सकिने छ । मूल्यांकन सकिएपछि १९ मध्ये उत्कृष्ट ठहरिने ६ कम्पनीलाई सर्ट लिस्टेड गरिने छ ।

सूचीकरणमा परेका कम्पनीमध्येबाट छनोट प्रक्रिया सुरु गरि एउटा कम्पनीलाई नियुक्त गरिने छ । –नागरिक दैनिकबाट