Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा


0
Shares

मजदुरी गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई असार महिनादेखि उनास्थित जेलमा राखेको हो ।

जेलमा पर्नेमा कञ्चनपुरका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउदलगायत २० जना भन्दा बढी रहेका छन् ।

भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले मजदुरीको पैसा बढाउनु पर्ने माग राखेकै आरोपमा उनीहरुलाई हडताल गर्न खोजेको आरोपमा जेलमा राखिएको बताए ।

जेलमा राखिएका सबै नेपाली निर्दोष रहेकाले उनीहरुको रिहाइका लागि नेपाल सरकार र भारतमा रहेको नेपाली राजदूतावासले यथाशीघ्र पहल गर्नुपर्ने उनले बताए ।

भारतीय जेलमा पर्नेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र देखतभूली गाविसका बासिन्दा रहेका छन् । (रासस)