नवीन सिंह (इमेज)
जनकपुर, चैत १ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशमा शान्तिको कामना गर्दै धार्मिक भ्रमणमा हिँडेको बताएका छन् ।
मध्य तराईका विभिन्न धार्मिकस्थलमा पूजा गर्नेक्रममा शुक्रबार जनकपुरधाम आइपुगेका पूर्वराजा शाहले देशमा शान्ति भएमात्र विकास हुने भएकाले शान्तिको कामना गर्दै हिँडेको बताए ।
पूर्वराजा शाहले जानकी मन्दिर परिसरमा पूजा–अर्चनापछि मन्दिर अवलोकनमा करिब आधा घन्टा बिताएका थिए ।
पूर्वराजा शाहलाई स्वागत गर्न हजारौंको संख्यामा उनका समर्थक, राप्रपा संयुक्तका नेता–कार्यकर्ताहरुसहित स्थानीयको सहभागिता रहेको थियो ।
पूर्वराजा शाह मन्दिरमा प्रवेश गरेपछि समर्थकहरुले ‘हिन्दूराष्ट्र कायम गर’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाऊ’लगायतका नारा लगाएका थिए ।
पूर्वराजा शाहले शनिबार उदयपुर र सप्तरीका विभिन्न धार्मिकस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
भिडियो हेर्नुहोस्
“









प्रतिक्रिया दिनुहोस्