२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेयर बजारमा दोहोरो अंकको सुधार जारी


0
Shares

बजार परिसूचक नेप्से १८ अंक बराबरले सकारात्मक रहेर १४ सय ७६ पुग्यो । होटल र अन्यबाहेक कारोबार भएका अरु सबै समूहमा सुधार आयो ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ६८ अंकको बृद्धि आयो । जलविद्युत्, वाणिज्य बैंक र विकास बैंक समूह दोहोरो अंकले उकालो लागे । वित्त समूह ७ अंकले बढ्यो भने उत्पादनमूलक समूह चाहिँ नगन्य अंकलेमात्र सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २६ कम्पनीको ५ लाख ८७ हजार कित्ता सेयर ३७ करोड ३२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।