Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सीके राउतले सहमतिविपरीत काम गरे ‘विप्लव’सरह व्यवहार गर्ने चेतावनी


0
Shares

जनकपुर, चैत १ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले डा. सीके राउतले सहमतिविपरीत काम गरे सरकारले ‘विप्लव’सरह व्यवहार गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार जनकपुरमा एक पुल शिलान्यास गर्दै मन्त्री महासेठले विखन्डनको बाटो त्याग्ने प्रतिबद्धतासहित सरकारले राउतसँग सम्झौता गरेकाले उल्लंघन गरे कारबाही गर्ने बताए ।

राउतसँगको सहमति सरकारको निर्णय भएकाले पार्टीका सबैलाई सन्तुष्ट पार्न जरुरी नहुने उनको तर्क थियो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आतंककारी गतिविधि त्यागेर मूलधारमा ल्याउन सरकारले पटक–पटक पहल गरेपनि बेवास्ता गरेकाले कारबाही गरिएको उनको भनाइ थियो ।

अर्को प्रसंगमा मन्त्री महासेठले तत्काल मन्त्रिमन्डल फेरबदलको सम्भावना नभएको भन्दै  हल्लाका पछाडि नलाग्न आग्रह गरे ।