
काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विद्यालय निर्माणार्थ प्रदान गरिएको रकम हस्तान्तरण गरे ।
दुबै विद्यालय निर्माणका लागि हेल्प नेपालले पहिलो किस्ताबापत ४०/४० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मह जोडीले हेल्प नेपाल नेटवर्कको यस महान् कार्यमा सहभागी हुन पाउँदा आफूहरु गौरवान्वित भएको बताए ।
कार्यक्रममा हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष सन्चारकर्मी रविन्द्र मिश्रले हेल्प नेपालको स्थापनाका उद्देश्यबारे चर्चा गर्दै अब देश बनाउने जिम्मा युवाहरुको काँधमा आएको उल्लेख गरे ।
हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले भूकम्पबाट पूर्णतः क्षतिग्रस्त दुबै विद्यालयहरु नेपाली वास्तुकलामा आधारित रहि निर्माण गरिने बताए ।
हेल्प नेपाल नेटवर्कले सिन्धुपाल्चोकको विद्यालयका लागि सर्भाइभर्स नेपाल र दोलखाको विद्यालयका लागि राजहिटी समाजलाई रकम हस्तान्तरण गरेको थियो ।
यी दुबै संस्थाका प्रतिनिधि उत्तम पुडासैनी र विक्रम मल्लले हेल्प नेपाल एक प्रेरणादायी संस्था भएको बताउँदै विद्यालय निर्माणका लागि प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्