Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्रचण्ड र विप्लव विचार बदल–बाबुराम भट्टराई


0
Shares

काठमाडौं, चैत १ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना पूर्व सहयोद्धा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’लाई नयाँ विचार अँगाल्न सुझाव दिएका छन् ।

वैचारिक समस्याका कारण प्रचण्ड र विप्लवमा विचलन आएको भट्टराईको निष्कर्ष छ । दुई खराबबाट असल नबन्ने भन्दै भट्टराईले बाटो बदल्न भनेका हुन् ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि यसको पक्ष–विपक्षमा बहस चलिरहेको छ । विप्लवले आफूलाई मार्न खोजेको आरोप प्रचण्डले लगाएका छन् ।

विप्लवलाई प्रतिबन्ध लगाउन प्रचण्डसमेतको सहमति रहेको बताइएका बेला उनले आफूलाई मार्न मान्छे खटाइएको दावी गरेका छन् ।

यही बेला ट्वीट गर्दै बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई पूर्वकमरेडले सम्बोधन गर्दै ‘दुवै पूर्वकमरेड गलत बाटोमा हिँडेको’ टिप्पणी गरेका छन् ।