२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


रुस र चीनसँग मिलेर काम गर्न तयार छु : ट्रम्प


0
Shares

‘वाल स्ट्रिट जर्नल’सँग कुरा गर्दै ट्रम्पले रुसमाथि हालै लगाइएको प्रतिबन्ध कम्तीमा केही समयसम्म भने रहने बताए ।

ट्रम्पले मस्कोले इस्लामिक अतिवादीविरुद्धको युद्ध र अरु मुद्दामा वासिंगटनलाई साथ दिए रुसविरुद्धको प्रतिबन्ध हट्नसक्ने स्पस्ट पारे ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाटको प्रबन्ध मिल्ने विश्वास पनि लिए ।

चीनले आफ्नो भू–भाग मान्दै आएको ताइवानका राष्ट्रपतिसँग कुराकानी गरेका ट्रम्पले एक चीन नीतिमा भने छलफलको विषय बन्ने उल्लेख गरे । (एजेन्सी)