
सोमबार मनास विमानस्थल नजिकै भएको सो दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।
बोइङ्ग ७४७ कार्गो विमान हङकङबाट इस्टानबुल गइरहेको थियो । कमजोर दृष्यशक्तिका कारण अवतरणको क्रममा रहेको विमान दुर्घटना भएको बताइएको छ ।
आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा कम्तीमा १५ वटा भवनमा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
मृतकमा चालक दलका सदस्य र केही स्थानीय रहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्