
उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज कारागारमा कैदीबन्दीबीच झडप भएको हो । कारागारमा रहेका दुई समूहबीच झडप हुँदा २१ जना मारिएको अधिकारीहरुले जनाएका छन् ।
ब्राजिलका विभिन्न आतंकवादी गतिविधिमा संलग्न भएको अभियोगमा सजाय भोगिरहेका कैदीहरुले अरु काण्डमा मुछिएका कैदीमाथि आक्रमण गरेपछि झडप भएको हो ।
क्षमताभन्दा बढी कैदीबन्दी रहेको ब्राजिलका विभिन्न कारागारमा यो वर्षमात्र तेस्रो पटक झडप भएको हो ।
यो वर्षको शुरुवातमै ब्राजिलको एमाजोनास र रोराईमा राज्यको कारागारमा भएको झडपमा एक सयजना मारिएका थिए ।
यसैबीच ब्राजिल सरकारले थप पाँचवटा कारागार बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्