
हङकङबाट उडेको विमान दुर्घटना हुँदा जमिनमा रहेका मानिस धेरै परेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
टर्कीस एअरलाइन्सको ‘बोइङ ७४७’ विमान कीर्गिस्तानको मानस विमानस्थलनजिक दुर्घटनाग्रस्त भएको हो ।
कीर्गिस्तानको राजधानीबाट २५ किलोमिटरको दूरीमा विमान दुर्घटना हुँदा गाउँका कम्तीमा १५ ओटा घरसमेत ध्वस्त भएका जनाइएको छ ।
विमानमा कम्तीमा चारजना चालक सवार रहेको र एकजना चालकदलका सदस्य बाँच्न सफल भएको बताइएको छ ।
दुर्घटनाको समयमा भिजिबिलिटी कम भएपनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । विमान करिब १४ वर्ष पुरानो भएको विश्वास गरिएको छ ।
विमान दुर्घटनापछि मानस विमानस्थल तत्कालका लागि बन्द गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्