२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


इस्तानबुल आक्रमणका मुख्य अभियुक्त पक्राउ


0
Shares

अब्दुलकादिर मासारिपाव नामका व्यक्ति इस्तानबुलको एसनयुर्त जिल्लामा पक्राउ परेका हुन् ।

मासारिपावले नयाँ वर्षको खुसीयाली मनाउन इस्तानबुलको रेना नाइट क्लबमा भेला भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

घटनामा ३९ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए ।

सिरियाको एलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदलामा आफूहरुले आक्रमण गरेको भन्दै घटनाको जिम्मा आइएसले लिएको थियो । (एजेन्सी)