३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


दाहाल नेतृत्वको सरकारले चुनाव गराउने सम्भावना टर्दै


0
Shares

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ‘भद्र सहमती’ अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ ।

नयाँ संविधानप्रति विमती जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमती जुटाउने नाममा प्रतीक्षा गर्दा दाहालको कार्यकालमा कुनै पनि तहको चुनाव नहुने सम्भावना बढेको हो । ‘भद्र सहमती’ पालना भए चुनाव कांग्रेस नेतृत्वको सरकारमा मात्र हुने देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुअघि कांग्रेस र माओवादीबीच नौ–नौ महिना सरकारको नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको थियो । दाहालले करिब ६ महिना सरकारको नेतृत्व गरिसकेका छन् भने अब तीन महिना अर्थात् वैशाख १९ गतेसम्म म्याद बाँकी छ ।

निर्वाचन आयोगले नयाँ संरचनामा चुनावमा जानुपर्ने भएकाले त्यसका लागि कम्तीमा एक सय २० दिनको समय माग गर्दै आएको छ । –नागरिक दैनिकबाट