२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


नाइजेरियामा सैन्य जेटले गरेको बम आक्रमणमा ५२ जना मारिए


0
Shares

गलत सूचनाका आधारमा आक्रमण भूलवश हुन गएको सेनाले जनाएको छ । मारिनेमा छ रेडक्रसकर्मी पनि परेका छन् ।

क्यामरुनसंग सीमा जोडिएको उक्त क्षेत्रमा गरिएको बम आक्रमणमा दुई सयभन्दा बढी घाईते भएका छन् ।

घाइते हुनेमा सरकार र इस्लामिक लडाकु समुह बोको हरामबीचको संघर्षबाट विस्थापित भएकालाई सघाउन पुगेका दर्जनौं स्वयंसेवक पनि छन् ।

छिमेकी चाड र क्यामरुनले घाइतेको उपचारमा सहयोग गर्ने जनाएका छन् । ठूलो संख्यामा लडाकुहरु भेला भएको सूचनाका आधारमा आक्रमण गर्दा उक्त त्रूटी भएको सेनाले जनाएको छ ।

नाइजेरियाली सेनाले इस्लामिक लडाकु समुह बोकोहरामलाई धपाउन त्यस क्षेत्रमा अन्तिम कारवाही गरिरहेको छ । राष्ट्रपति मोहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गर्दै शान्त रहन अपील गरेका छन् । (एजेन्सी)