२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप, मानहानिको मुद्दा दायर


0
Shares

विगतमा एक अमेरिकी टेलिभिजनमा रियालिटी शोकी प्रतियोगी रहेकी ४१ वर्षीया समर जर्वासले महिलाविरुद्धका अभिव्यक्ति फिर्ता नलिएको भन्दै ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी हुन् ।

सन् २००७ मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको उनको आरोप छ । ट्रम्पले अमेरिकाको राष्ट्रपतिकोरुपमा शपथ लिनुभन्दा तीन दिनअघि यो विषय बाहिर आएको हो ।

लस एन्जलसमा पत्रकार सम्मेलन गरी जर्वासले ट्रम्पलाई झुठो र महिलाविरोधी व्यक्तिकोरुपमा चित्रण गरिन् ।

कामको सिलसिलामा बिवर्ली हिल्स होटलमा भेट भएकोबेला ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको जर्वासको दाबी छ । (एजेन्सी)