
सो हकप्रद सेयर निष्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा नियुक्त गरी बैंक र क्यापिटल मार्केटबीच बुधबार सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरे ।
नेपाल बैंक लिमिटेडले प्रतिसेयर १०० रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हाल बैंकको चुक्तापुँजी रु ६ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्कासनपश्चात् बैंकको कुल चुक्तापुँजी रु आठ अर्ब चार करोड हुनेछ ।
हाल चुक्तापुँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।
नेपालको पहिलो उक्त बैंकले बैंकिङ प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरण गरी १३० ओटा शाखामार्फत् आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्