२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


तेहरानकै सबैभन्दा अग्लो १७ तले सपिङ सेन्टरमा आगोलागी, भवन ध्वस्त (फोटो/भिडियो)


0
Shares

काठमाडौं, माघ ६ । इरानको राजधानी तेहरानस्थित १७ तले प्लास्को सपिङ सेन्टरमा विहीबार आगोलागी हुँदा धेरैजनाको मृत्यु भएको आशंका गरिएको छ ।

मृत्यु हुनेमा आगोलागी नियन्त्रकहरु पनि रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । घटनामा दुई सयभन्दा बढी घाइते भएका छन् ।

आगो सल्केको केही समयमै भवन ध्वस्त भएको थियो । धेरैजना पसलेहरुसहित कम्तीमा सयजना भवनभित्रै च्यापिएको अनुमान गरिएको छ ।

सन् १९६२ मा बनेको उक्त सपिङ सेन्टर तेहरानकै सबैभन्दा अग्लो भवन मानिन्थ्यो । (एजेन्सी)

फोटो/भिडियो हेर्नुहोस्