१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


इटालीमा हिमपहिरोमा परी होटल पुरियो, ३० जना हराए


0
Shares

हिमपहिरोमा परी ग्रान सास्सो पहाडनजिक रहेको रिगोपियानो होटल पुरिएको बताइएको छ । दुईजनालाई जीवितै उद्धार गरिएको छ ।

कम्तीमा २० जना पर्यटक र सातजना कर्मचारी होटलमा रहेको अनुमान गरिएको छ । उद्धारकर्मीहरुले होटलमा रहेका धेरैजनाको मृत्यु भएको जनाएका छन् ।

हिमपातसँगै चलेको तीव्र हावा र बाटो हिउँले अवरुद्ध पारेका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

हिमपहिरो गएको क्षेत्रमा बुधबारमात्र चारपटक भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसपछि पनि पराकम्पन आउनेक्रम जारी रहेको बताइएको छ ।

यस क्षेत्रमा गत अगष्ट २४ मा गएको भूकम्पमा परी २९८ जनाको मृत्यु भएको थियो । (एजेन्सी)