२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रानी–धरान सडक ६ लेनको बनाउन करिब ११ अर्ब, यस्तो छ तयारी(भिडियो)


0
Shares

-ध्रुव भट्टराई, ईमेज

दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अहिले साविकको २ लेनको सडकलाई विस्तार गरी ६ लेनको बनाउन थालिएको हो ।

पूर्वी नेपालमा पहिलो पल्ट विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको व्यापारिक लोकमार्गलाई ६ लेनको वनाउने कार्य अघि वढाइएको हो ।

१० अर्व ९८ करोड रुपैयांको लागतमा विराटनगरको रानीदेखि धरानसम्मको साविकको २ लेनको सडकलाई चौडा गरी ६ लेनको वनाउन लागिएको हो ।

६ लेनको सडक विस्तारका लागि एसियाली विकास वैकको ऋण सहयोग एवं नेपाल सरकारको आधा आधा लगानीमा काम थालिएको हो ।

कोशी राजमार्गअन्तर्गत रानीदेखि धरान सडकखण्ड कुल ४९ किलो मिटर रहेको छ ।

दुई वर्ष भित्र विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको सडक खण्ड ६ लेनको हुने रानी–विराटनगर–इटहरी–धरान सडकखण्ड व्यापारिक मार्ग विस्तार आयोजनाका सुचना प्रमुख सुमुदो पोख्रेल बताउँछन् ।

आयोजनाका अनुसार सो सडक विस्तार भएसंगै सडकको वेरियारवाट दुवै तर्फ ३-३ लेनको चौडा सडक हुनेछ । चौडा गरिएको सडकको दुवै तर्फको भागमा ड्रेनसहितको २ मिटिर चौडा फुटपाथ साथै रेलिङसहितको हुनेछ ।

सडक निर्माण गर्दा प्रयोग गरिने अन्तर्राष्ट्रियस्तरको अस्फल्ट कंक्रिटसहितको फलेक्जिवल पेभमेंट १० सिए मोटाइको कालोपत्रे सडक हुने आयोजनाका सुचना प्रमुख सुमुदो पोख्रेलको भनाइ छ ।

अस्फल्ट कंक्रिटसहितको फलेक्जिवल पेभमेंट प्रयोग गरी राजधानी काठमाडौंका सडक विस्तार गरिएका थिए ।

५७ वर्ष अघि ब्रिटिश सरकारको सहयोगमा कोशी राजमार्ग अन्तर्गत रानीदेखि धरानसम्मको सडक निर्माण भएको थियो । हाल सो सडक ३० मिटर चौडाको मात्र रहेको छ ।