Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘वाइडबडी’का सम्बन्धमा छानबिन हुनुपर्छ : देउवा


0
Shares

पोखरा, फागुन २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘वाइडबडी’ जहाजका सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा छानबिन हुनुपर्नेमा जोड दिएका हुन् ।