बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन २८ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गर्दै मंगलबार धनगढीमा प्रदर्शन गरिएको छ ।
‘नेपाली सन्तानहरु’को आयोजनामा सो सहमति राष्ट्रविरोधी भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
स्वस्फूर्तरुपमा जम्मा भएका युवाहरुले सरकार र विखन्डनकारीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
सहमतिका केही बुँदा विवादास्पद भएको भन्दै विरोध गरिएको हो ।
उनीहरुले नेपालको राष्ट्रिय झन्डा बोकी कैलाली बहुमुखी क्याम्पसदेखि एलएनचोकसम्म सहमतिविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
सरकार र सीके राउतबीच गएको शुक्रबार काठमाडौंमा ११ बुँदे सहमति भएको थियो ।









प्रतिक्रिया दिनुहोस्